नेपाल आइडल प्रतियोगी मिलन विश्वकर्माको गीत ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक भएको छ ।

सरित राईको सङ्गीत एवं एरेन्ज रहेको लोक फ्युजन शैलीको गीतमा मिलनलाई सलिना बीके र आशिष महरले स्वरमा साथ दिएका छन्।

तीन जनाको सामूहिक स्वरमा सजिएको गीतले प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाएको छ । गीतलाई शैलेश गिरीले रचना गरेका हुन् ।

गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबिचको सहकार्यमा सिर्जना गरिने १२ गीतमध्येको एउटा गीत हो ।

म्युजिक नेपालले आइडलको सिजन ६ का प्रतिभालाई अवसर दिने सम्झौताअनुरूप यो गीतको सृजना गरिएको हो ।

यो गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन् ।

प्रस्तुत गीतको ध्वनि डिजाइन, मिक्सिङ र मास्टरिङ मुम्बईमा काम गर्दै आएका इन्जिनियर आर्यमान सार्कीले गरेका हुन् ।

गीतमा बाँसुरी, तन्मय मणि (पश्चिम बंगाल), सितार, शुभंकर हजारिका (असम) र गितार एलुहिन इयाजको रहेको छ ।

नेपाल आइडल सिजन ६ को उपाधि गंगा सोनामले जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर