प्रेमकथामा ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल फिल्म दिएका निर्देशक दिनेश राउत फिल्म ‘कुमारी’ मार्फत पुनः रोमान्टिक जनरामा फर्किएका छन् । पछिल्ला समय सामाजिक मुद्दाहरूमा फिल्म बनाइरहेका राउतले विशुद्ध प्रेमको दुनियाँ देखाउने फिल्म ‘कुमारी’को प्रदर्शन मिति तय भएको छ ।

निर्माण पक्षले फिल्मको पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गर्दै प्रदर्शन मिति माघ २३ गते तय भएको जानकारी दिएको छ । भ्यालेन्टाइन डेलाई लक्षित गर्दै रिलिज हुन लागेको फिल्ममा अबिषेक खड्का र आकृति राजभन्डारीको मुख्य भूमिका छ । यी दुबै कलाकार यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

सार्वजनिक गीत ‘कता छौ मेरो फूल’मा केहर सिंह लिम्बुको स्वर तथा संगीत छ । गीतको भिडियोमा यी दुबै कलाकारको रोमान्टिक अवतार देख्न सकिन्छ ।

‘म्युजिकल लभ स्टोरी’ बताइएको फिल्म बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्माण भएको हो । फिल्ममा अभिषेक र आकृतिको अलावा घनश्याम जोशी, सुनिता श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर