सेयर बजारमा गिरावट आएको छ । सेयर बजार १२.१० अंकले घटेर २७२७.३६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ वटा उपसूचक राताम्मै भएको छ ।