बिहीबार सुनको भाउ तोलामा १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६३ हजार रुपैयाँ थियो ।

कात्तिक १५ गते सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड छ ।

त्यसयता घट्दै गएको सुन आइतबार तोलामा १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।  त्यस्तै चाँदीको मूल्य स्थिर छ । तोलामा १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर