सुनको भाउ फेरि बढ्न थालेको छ । मंसिर २२ गते, शुक्रबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको छ । सुन लगातार दोश्रो दिन महंगिएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि सुनको भाउमा सामान्य बढोत्तरी देखिएको थियो । हिजो सुन प्रतितोला २०० रुपैयाँले उकालो लाग्दा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँ कायम रहेको छ ।

हिजो भने चाँदीको मूल्यमा गिरावट देखिएको थियो । बिहीबार चाँदी तोलामा २० रुपैयाँले सस्तिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर