नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार जारी दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको हो ।

चितवन राइनोजका लागि हसन ईशाखिलले अर्धशतकीय योगदान गरे । अफगानिस्तानका १८ वर्षीय ब्याट्सम्यान हसनले ६५ रन बनाए ।

ओपनर ब्याट्सम्यानको भूमिकामा क्रिज समाल्न आएका उनले केवल ५२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए ।

प्रतिक्रिया

सम्बन्धित खवर