नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । साथै उनले २ रनआउट पनि गरे ।स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए । सैफ अली जैबले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।
अब सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य पूरा गरे कर्णाली शीर्ष चारबाट आउट हुनेछ । अन्यथा कर्णाली शीर्ष चारमा पर्नेछ भने काठमान्डु गुर्खाज बाहिरिनेछ ।
यदि कर्णालीले सुदूरलाई १२ रन वा बढीले पराजित गरेमा जनकपुरलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।