साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ ।आज बजार आज २८.९१ अंकले बढेर २६१२.२० को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।
आज बजारमा बढोत्तरी आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सुपरमादी हाइड्रोपावर, बाराही हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।