गीतकार अम्बिका गुरुङले शंकर थापा ‘स्माइल’को एकल संगीतमा दुई गीत एल्बम सार्वजनिक गरेकी छन् । काठमाडौंमा बिहीबार आयोजित समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ, नेपालका अध्यक्ष बसन्त वित्यासी थापालगायतले गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’को विमोचन गरे ।

दुवै एल्बमका सम्पूर्ण गीतमा गुरुङको शब्द र थापाको संगीत समावेश छ । विमोचन समारोहमा बोल्दै वरिष्ठ संगीतका बास्कोटाले अम्बिका गुरुङ त्यागी गीतकार रहेको र उनका शब्दले नेपाली संगीतलाई निरन्तर सिञ्चित गरिरहेको बताए । संगीतका नेपाली गीतसंगीतको अहिलेको ‘स्टार’ संगीतकार रहेको भन्दै बास्कोटाले प्रशंसा गरे ।एल्बम ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस्, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरी १० वटा गीत समावेश छन् । ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौंदेखि, तिमीसँगै, भुल्न सकिनँ, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरी ९ वटा गीत राखिएको छ । दुवै एल्बमलाई भावसागर इन्टरटेनमेन्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर