ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

विराटनगरबाट केहीबेर अघि नेपाली सेनाको जहाजमा घाइतेहरुलाई काठमाडौँ लगिएको हो ।

झडपमा प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको जानकारी दिए ।

तीमध्ये केही घाइतेहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भैरहेको छ भने केहीलाई काठमाडौँ लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर