सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिन प्रतितोला  एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले घटेर  एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला  १५ ले घटेर एक हजार आठ सय ५० तोकिएकोे छ ।

चाँदी अघिल्लो दिन प्रतितोला  एक हजार आठ सय ६५ मा किनबेच भएको थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर