स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला २ हजार तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला १ लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर