
राष्ट्रिय सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्न समय लिएका कांग्रेस सांसद नारायणदत्त भट्ट अचानक चक्कर लागेर अस्वस्थ भएका छन् ।
मधुमेहका विरामी रहेका भट्टको सुगर लेभल बढेका कारण उनलाई असहज भएर स्वास्थ्य शाखामा लगिएको छ ।
भट्ट अश्वस्थ भएपछि कांग्रेसबाट उनको ठाउँमा बिष्णुकुमारी सापकोटालाई बोल्न अध्यक्ष नारायण प्रसाद दाहालले समय दिएका थिए ।