
साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आज बजार ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा उछाल आउँदा सबै उपसूचक हरियाली भएको छ ।
आज उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामिण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त, न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।