नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर