साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार ४१.६७ अंकले बढेर २६६३.५४ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ९७ लाख ६१ हजार १८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २१ करोड ८७ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा वृद्धि आउँदा सबै उपसूचक हरियाली भएको छ । आज गुराँस लघुवित्त र श्रीजनशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।










