कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।

कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर