सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर