प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीकै सम्बोधनकाबीच संसदद्मा अवरोध गरेको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपराधिक गतिविधि गरेको आरोप लगाउँदै नछाड्ने चेतावनी दिएपछि राप्रपा सांसदहरूले उठेर विरोध जनाएका हुन्।
नियमावलीलाई देखाउँदै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नियमापत्ति गरेका थिए।
सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् ।










