केही समययता सुनको मूल्य निरन्तर बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ।

हिजोको तुलनामा आज मंगलबार छापावाल सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको हो।

हिजो १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर