आज तेस्रो स्थानमा इराकको बगदाद रहेको छ भने चौथो नम्बरमा भियतनामको हानाइ, पाँचौ नम्बरमा पाकिस्तानको लाहोर, छैटौं नम्बरमा थाइल्याण्डको चियाङ मइ, सातौं नम्बरमा इजरायलको तेल अववि गाफो, आठौं नम्बरमा भारतको मुम्बइ, नवौं नम्बरमा चीनको वुहान र १० नम्बरमा म्यानमारको याङगुन रहेको छ ।
पछिल्लो एक सातादेखि काठमाडौंलगायत देशका मुख्य सहरहरुमा हावा प्रदूषण बढेको छ । यसको मुख्य कारण उद्योग, कलकारखाना र सवारी साधनबाट निस्कने धुवाँ, डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरुबाट उड्ने धुलो आदि भएको वातावरण विभागले जनाएको छ ।
प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
यसका साथै प्रदूषण नियन्त्रणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयागे गर्न र सडक तथा निर्माण कार्यहरुबाट हुने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न विभागले अपिल गरेको छ ।










