मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ ।
पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा छ सय घटेको हो ।
मङ्गलबार प्रतितोला एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा छ सय घटेर एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।
आज चाँदी प्रतितोला दुई हजार २० मा कारोबार भएरहेको छ ।










