त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।
कोइराला १२१५ मत पाएर विजयी भएका हुन् । नेविसंघबाट निष्कासित स्वतन्त्रबाट उठेका सगर न्यौपानेले ६८३ले मत पाएका छन् ।
यस्तै अनेरास्ववियुका प्रमित विष्टले ४३१ मत पाएका छन् । सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन्।










