राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि रूपन्देही पठाइएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो। काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका लामिछानेलाई शनिबार यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको हो।

लामिछाने शनिबार र आइतबार  जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए।उनका अनुसार आज शनिबार र भोलि सरकारी बिदा भएकाले अदालत नखुल्ने भएकाले दुई दिन लामिछाने जिल्ला प्रहरीकै हिरासतमा रहनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर