गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका ७ जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव) सहित कुल १३ उपसचिवहरूको सरुवा गरेको छ।
मन्त्रालयले विमानस्थलमा कार्यरत अधिकृतहरूलाई फिर्ता बोलाएर विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, निर्देशक र उपसचिवहरूलाई नयाँ जिम्मेवारी दिएको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरोले प्राप्त गरेको जानकारीअनुसार फिर्ता बोलाइएका वरिष्ठ अध्यागमन अधिकृतहरूमा सीता परियार, बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणीन्द्र दाहाल र सूर्य प्रसाद उपाध्याय रहेका छन्।
यीमध्ये रेग्मीलाई जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी र जोशीलाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। बाँकी पाँच जनालाई भने गृह मन्त्रालयमा तानिएको छ। जसमध्ये कतिपय वरिष्ठ अध्यागमन अधिकृतले राजनीतिक आडमा बढी नै राइँदाइँ गरेको चर्चा चुलिएसँगै थप आलोचना रोक्न उनीहरूलाई सरुवा गर्नुपरेको अधिकारीले जनाएका छन् ।
गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका ७ जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव) सहित कुल १३ उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले विमानस्थलमा कार्यरत अधिकृतहरूलाई फिर्ता बोलाएर विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, निर्देशक र उपसचिवहरूलाई नयाँ जिम्मेवारी दिएको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरोले प्राप्त गरेको जानकारी अनुसार फिर्ता बोलाइएका वरिष्ठ अध्यागमन अधिकृतहरूमा सीता परियार, बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणीन्द्र दाहाल र सूर्य प्रसाद उपाध्याय रहेका छन्।