बुधबार सेयरबजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि भई २६९८.९७ विन्दूमा पुगेको छ ।

नेप्से बढेपनि कारोबार भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त मूल्य बराबरको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच भएको छ ।

बुधबार कारोबारमा आएका १४७ कम्पनीको मूल्य वृद्धि भएको छभने ९७ कम्पनीको मूल्य घटेको छ ।

दुई वटा कम्पनीको मूल्य स्थीर रहेको छ । यस्तै आज बैंकिङ क्षेत्रको शेयर बढेको छ । वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, लाइफ इन्सुरेन्स म्युचुअल फण्ड,नन्लाइफ इन्सुरेन्स क्षेत्रकको सेयर बढेको छ ।

साथै फाइनान्स, होटलतथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्तको शेयर घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर