प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।
भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सरकारले संसद्लाई महत्व दिने र संसद्मा जनताका कुरा सम्बोधन गर्ने सन्देश दिनका लागि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बर्तौलाको भनाइ छ ।
प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजे सुरु हुँदै छ । बजेट अधिवेशनको पहिलो दिन दलगत रूपमा पनि नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।










