मनरा शिसवा नगरपालिका-१ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने विकेश सिंहको छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९ पथरघाटा लक्ष्मीपट्टी गाउँ बस्ने रूपेश सिंहको छोरा ९ वर्षीय आयुष कुमार सिंहको सोमबार राति मृत्यु भएको प्रहरीको भनाई छ।

डुबेर अशक्त भएका उनीहरूको नगर अस्पताल मनरामा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर