
साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।आज बजार २२.५८ अंकले घटेर २५०५.५८ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।
आज समाज लघुवित्त र विन्ध्यावासिनी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।