इटहरी, प्रहरीले उदयपुर र मोरङमा गरी चारजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका ६ पटेर्वाबाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी लालपत्ताबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ५ का २० वर्षीय सुविन राई, २२ वर्षीय श्रेष्ठ एपिडोल र २० वर्षीय अनिल राई रहेका छन् ।

उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध एपिडोल १४९ ट्याब्लेट र स्पासपेन १५० ट्याव्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी मोरङबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले विराटनगर महानगरपालिका १६ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको को ३७ प ४६१३ नम्बर को स्कुटरमा लुकाई छिपाई ल्याएको ४ ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित सुनसरीको दुहबी नगरपालिका ६ बस्ने ४४ वर्षीय संजय भगतलाई पक्राउ गरेको छ।

लागूऔषधसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर