बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भनिने पेम्बा लामा छन् ।
उनले आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको प्रहरीले बताएको छ ।
आइतबार राति पेम्बालाई प्रहरी स्वयम्भूको टोलीले पक्राउ गरेको हो । पेम्बाले बाबुलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि आइतबार राति नै मनमोहन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।










