मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लोृ दिन २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।

सुनको भाउ सामान्य घटे पनि चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर