आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ ।
यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन ।
सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ ।
तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा मूल्य समायोजन हुन पाएको थिएन ।










