नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।
७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताएका हुन् ।
जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।
एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।










