एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् ।

महाधिवेशनको बन्द सत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने, ‘म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठिक ढंगले चलाउने उद्देश्यसहित आउन चाहेको हो ।’

पार्टीलाई पुनर्गठित र पुनः व्यवस्थित गर्नु आवश्यक रहेको उनले बताए। ‘महाधिवेशनमा प्रतिनिधि बनेर आउनु भएका आम कार्यकर्ताहरूलाई के आग्रह चाहन्छु भने पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने हुन्छ ।

साथै पार्टीको कार्यसम्पादनमा पनि पुनः व्यवस्थित गर्नुपर्ने जरुरी छ । यसको अर्थ के हो भने पार्टीलाई थप अपडेटेड रूपमा ल्याउनु जरुरी छ ।’

एमाले महाधिवेशनमा अध्यक्षमा उम्मेदवार ईश्वर पोखरेलले चुनावमा प्रतिस्पर्धाको कुरा स्वाभाविक भएको बताएका छन् ।

उनले भने, ‘प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले खुल्ला अवस्थामा जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वाभाविक रूपमा मानिँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर