राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । मंगलबार बिहान बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेसँगै बैठक भदौ १६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेपछि अध्यक्ष नारायण दाहालले अर्को बैठक आगामी भदौ १६ गते मङ्गलबार दिउँसो १ बजे बस्ने गरी तय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर