साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अंकले बढेर २५१३।४२ को विन्दुमा पुगेको छ।
आज ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका १२ उपसूचकहरू हरियाली भएका छन्।
सेयर बजारमा सुधार आउँदा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको सेयर सर्वाधक ७.१५ प्रतिशतले बढेको छ । त्यसैगरी, एबिएल इक्विटी फण्डको ५.८८ प्रतिशत, इमर्जिङ नेपालको ४.८५ प्रतिशतले सेयर मूल्य बढेको छ










