बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन्।

प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बु नियुक्त भएका हुन्।

नवनियुक्त तीनै पदाधिकारीले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नियुक्तिसँगै उनीहरूले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। संस्थागत सुधारसँगै प्रतिष्ठानबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने उनीहरूको भनाइ छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुकको प्रमुख स्वास्थ्य विज्ञान शिक्षण तथा उपचार संस्थामध्ये एक हो। प्रतिष्ठानमा भएका यी नियुक्तिलाई शैक्षिक व्यवस्थापन, प्रशासन र अस्पताल सेवा सञ्चालनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर