पोखरामा गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीका रूपमा शपथ लिँदै आफ्नो मन्त्रालय सम्हाल्नुभएको हो ।

यसअघि देवकोटाले छोडेपछि उक्त मन्त्रालय कांग्रेसका मन्त्री नन्दप्रसाद न्यौपानेले सम्हाल्दै आउनुभएको थियो । सरकारले मन्त्रिपरिषद् पुनर्गठन तथा जिम्मेवारी हेरफेर गर्दै न्यौपानेलाई प्रदेशकै अर्को महत्वपूर्ण मन्त्रालय मानिने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिएको छ ।

गण्डकी प्रदेशमा भौतिक र ऊर्जा मन्त्रालयहरू सर्वाधिक बजेट विनियोजन हुने शक्तिशाली मन्त्रालयका रूपमा परिचित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर