राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने भएको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा समसामयिक परिस्थिति र विपद् व्यवस्थापनको विषयमा छलफल गर्दै रास्वपाले सरकारको कामलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने निष्कर्ष निकालेको हो।

सचिवालय सदस्य लिमा अधिकारीले बैठकमा एकदेखि डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको जानकारी दिइन्।

उद्धार र तत्कालीन राहत वितरणको काम सकिएपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू सबै गुमाएका पीडितको घरदैलोमै पुग्ने योजना पार्टीले बनाएको छ।

सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रदेश र स्थानीय सरकारको समन्वयमा राहत वितरण गर्ने र त्यसमा रास्वपाले सरकारलाई नै सघाउने अधिकारीले स्पष्ट पारिन्।

प्रतिक्रिया

सम्बन्धित खवर