रसुवामा आएको बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जिवतै उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत सञ्जय साह र कवीर महर्जन रहेका छन्। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए ।
सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
गत भदौ १० गते भोटेकोशी आएको बाढीले माथिल्लो त्रिशुली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका थिए ।










