माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि छाउनी ल्याइएको छ ।

शुक्रवार बिहान सुरुङबाट उद्धार गरी उनलाई काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो ।

आयोजनाको सुरुङमा फसेका साहलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको हो । उद्धार पश्चात् उनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि ल्याइएको हो । साह सोही आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेका थिए ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उनी सुरुङमा फसेका थिए। बाढीका कारण हालसम्म १ हजार २ सय जनाको निधन भइसकेको छ । अझै २ हजार २ सय भन्दा बढी नागरिक बेपत्ता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर