प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलको अमेरिका भ्रमण अनुमोदन गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा प्रतिनिधिमण्डल आगामी असोज ६ गतेदेखि १० गतेसम्म अमेरिका भ्रमणमा रहनेछ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शाहले सहभागिता जनाउने कार्यक्रमअनुसार मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरेको हो।
मन्त्रिपरिषद्को निर्णयसँगै प्रधानमन्त्रीको महासभा सहभागिताका लागि आवश्यक औपचारिक प्रक्रिया अघि बढ्नेछ। भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका कार्यक्रमहरूमा सहभागिता जनाउनेछ।










