रसुवाको त्रिशूली-१ को जलविद्युत आयोजनाभित्र रहेको सुरूङबाट ६ जनाको शव फेला परेको छ।

शुक्रबार आयोजनाभित्र खोजी गर्ने क्रममा अडिट टनेलभित्र ढलान गर्न बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ जनाको शव फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

ग्राइन्डर र ग्यास कटर र रोटरी रेस्क्यूको प्रयोग गरी ती ६ वटा शव निकालिएको छ।

टनेल भित्र अझै पनि शव हुनसक्ने सेनाले जनाएको छ।हिलोमा छोपिएको र शव जस्तो आकृति देखिएकोले सेनाले थप खोजी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर