सरकारले १३ वटा देशका राजदूतहरू नियुक्ति गर्नका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो ।
विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।
अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ ।
अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन् ।
यी हुन् प्रस्तावित राजदूतहरू १. डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८. शरू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
२. डा. मंचला झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत










