बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गरेसँगै मन्त्री आलेमगरले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा सम्हाल्ने छन् । यसअघि उनी शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर