नेकपा एमालेको सचिवालय बैठक जारी छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

दिउँसो १ बजेका लागि डाकिएको बैठक एमाले पुनर्गठन कार्यदल बैठकका लम्बिएर साढे ४ बजे मात्रै सुरु भयो।

पुनर्गठन प्रतिवेदनमा अध्यक्ष ओलीको राजीनामा र विशेष महाधिवेशनको विषयमा समावेश हुने कि नहुने भन्ने विषयमा एमालेमा विवाद थियो।

सचिव महेश बस्नेतका अनुसार अध्यक्षको राजीनामा र विशेष महाधिवेशनको विषय समावेश नगर्ने गरी सहमति भएको छ।

कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रममा सचिवालय बैठकमा छलफल हुनेछ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर