लितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ ।
काल्चेमाल्टा दोबाटो क्षेत्रमा पहिरो खसेपछि सडकको दुवैतर्फ सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।
पहिरो गएको स्थान भट्टेडाँडाबाट करिब पाँच किलोमिटर मकवानपुरतर्फ रहेको छ । सडक अवरुद्ध भएपछि कान्ति लोकपथ हुँदै ललितपुर र मकवानपुरतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।
सडक खुलाउने प्रयास भइरहेको भए पनि पहिरोको अवस्था र मौसमका कारण तत्काल यातायात सञ्चालनमा आउने समय यकिन भइनसकेको प्रहरीले जनाएको छ ।










