बझाङ, सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधवार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक जिल्ला बझाङ, सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट प्र.ना.नि. तेजबहादुर रावलको कमाण्डमा प्रहरी टोली घटनास्थलमा उद्धार कार्यमा खटिएको थियो ।

उक्त जिपमा चालकसहित ३ जना सवार रहेकोमा दुई जना घाइते हुनेमा जिल्ला बझाङ जय पृथ्वी नगरपालिका–८ बस्ने अन्दाजी २५ वर्षीया बिपना बोहरा र देश भारत कलकत्ता ठेगाना भएको अन्दाजी ४५ वर्षीया सुबाशिस दास गुप्ता रहेका छन् । दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर