ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

असोज २१ गतेदेखि ओमानमा सुरु हुने लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि क्यानले बिहीबार सन्दीपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल छन्।

लिग–२ को यस शृङ्खलामा नेपालले आयोजक ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर